प्रदेश २ का २४ हजार युवालाई रोजगारी दिइने



वीरगन्ज, (नेस)
प्रदेश नम्बर २ को आठ जिल्लाका २५ हजारलाई आगामी चार वर्षभित्र रोजागारी दिने योजना अगाडि बढाइएको छ।

सीप नेपालकी निर्देशक तथा मिडिया संयोजक आयुषा निरौला महतले प्रदेश २ र प्रदेश ५ मा गरी चार वर्षको लागि ४५ हजार जनालाई रोजगारी उपलब्ध गराउने विषयमा २ नम्बर प्रदेश सरकारस“ग छलफल चलिरहेको जानकारी दिनुभयो ।

‘स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गरी लगानीकर्तास“ग मिलेर प्रदेश सरकारले ‘थ्रि पि’को अवधारणामा उद्योग सञ्चालन गर्ने योजना छ,’ उहा“ले भन्नुभयो–‘ यसका साथै कृषिलाई आधुनिकीरण गरी उत्पादन बढाउ“दै रोजागरी सिर्जना गर्ने लक्ष्य हो। हामीले यस कार्यमा सहजीकरण गरिरहेका छौं। मिथिला आर्टमा महिलालाई कसरी व्यवसाय चलाउन सकिन्छ?

आ“पको जुस बनाउन प्रदेश सरकारले के गर्नसक्छ, होटल व्यवसायमा कहा“ भौतिक पूर्वाधार खडा गर्न सकिन्छ? यस्ता कुरामा राय सुझाव संकलन गरी तीनदेखि ६ महिनाभित्र योजना बनाउछौ“,’ उहा“ले भन्नुभयो ।

मुख्यमन्त्री लालबाबु राउतले मधेसका युवाप्रति प्रदेश सरकार जिम्मेवार रहेको बताउनुभयो । प्रदेश २ हरेक कुरापछि परे पनि कृषि क्षेत्रलाई व्यवस्थित गरी उत्पादन वृद्धि गर्न सके यसैमा रोजगारी सिर्जना हुने र त्यसपछि सबै समस्या समाधान हुने तर्क राख्नुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री राउत, भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, वन तथा वातावरणमन्त्री रामनरेश राय, राज्यमन्त्री उषा यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द झा, नीति आयोगका उपाध्यक्ष डा. हरीवंश झालगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्