वीरगन्ज नाकाबाट सवारी साधन आयात बढ्यो



कृष्णउदास खनाल, वीरगन्ज
मुलुककै प्रमुख नाका वीरगन्ज भन्सारको बाटोबाट चालू आर्थिक वर्षको वैशाखसम्ममा सवारी साधन आयातको संख्या उच्च देखिएको छ ।

खासगरी यो नाका भएर ट्याक्टर, ट्रक तथा मिनी ट्रक र टेम्पुजस्ता साधनको आयात बढेको हो । गत वर्ष साउनदेखि चैतसम्ममा ट्रक, मिनी ट्रक र पिकअप तीन हजार आठ सय ६७ वटा आयात भएको थियो । यो वर्ष सोही अवधिमा ती वस्तुको आयात ५१ प्रतिशतले बढेर पा“च हजार आठ सय ६३ पुगेको छ। ग्त वर्ष सो अवधिमा ट्याक्टर आठ हजार ६ सय ९९ वटा भित्रिएकोमा यस वर्ष १० हजार आठ सय ९१ वटा आयात भएको छ।यो गत वर्षको तुलनामा २५ प्रतिशत बढी हो ।

कृषि प्रयोजनस“गै ढुवानीमा प्रयोग हुने ट्याक्टरको माग उच्च छ । त्यस्तै, तीनपांग्रे ट्याम्पु गत वर्ष सात हजार चार सय ७९ आएकामा यो वर्ष नौ हजार तीन सय सातवटा भित्रिएको छ। यो भनेको गत वर्षभन्दा २४ प्रतिशतले बढी हो। योस“गै गाडीका पार्टपुर्जा आयात पनि बढेको छ। गत वर्ष एक करोड ३१ लाख विभिन्न किसिमका पार्टपुर्जा आयात भएकामा यो वर्ष एक करोड ८० लाख त्यस्ता सामान आएका छन्। यसमा ३७ प्रतिशतको वृद्धि देखिएको छ।

गाडी र मेसिनरीको इन्जिनमा प्रयोग हुने तेल (इन्जिन आयल) को आयात पनि बढेको छ। पोहोर सात हजार नौ सय ४७ टन इन्जिन आयल आयात भएको थियो भने यो वर्ष नौ हजार आठ सय ६७ टन आयात भएको छ। यो अघिल्लो वर्षभन्दा २४ प्रतिशत बढी हो। यसरी नै पेट्रोलियम इन्धन डिजेल, पेट्रोल, एलपी ग्यास लगायतको आयात पनि बढेको छ। गत साउनदेखि चैतसम्म पा“च लाख ८२ हजार नौ सय १७ किलोलिटर डिजेल आयात भएकामा यो वर्ष पा“च प्रतिशतले बढी ६ लाख १३ हजार ६ सय ८० किलोलिटर आयात भएको छ। एक किलोलिटर बराबर हजार लिटर हो । पेट्रोल गत वर्ष एक लाख ९५ हजार ६ सय ८० किलोलिटर आएको थियो भने यो वर्ष दुई लाख ३४ हजार आठ सय २७ किलोलिटर आयात भएको छ।

व्यावसायिक गाडी बढेस“गै उद्योगमा डिजेल बढी खपत छ भने पेट्रोल बढी मात्रामा बिलासी गाडीमा खपत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।खाना पकाउन प्रयोग हुने एलपी ग्यास एक लाख ६१ हजार ६ सय ८७ टन आयात भएकामा यो वर्ष २१ प्रतिशतले बढी एक लाख ९७ हजार दुई सय एक टन आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्