यसपटक १ सय ६० सगरमाथाको चुचुरोमा पुगिसके



नेपाल समाचारपत्र, काठमाडौं
जारी सिजनमा १ सय ६० आरोहीले सगरमाथाको आरोहण गरेका छन् । मंगलबार ८ जना नेपालीले आरोहण गर्दै जारी सिजनको शुरूआत गरेका थिए ।

‘बुधबार ५० जना र बिहीबार १ सय जना आरोहीले सगरमाथाको आरोहण गरेका छन्, ’सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट नेपाल समाचारपत्रलाई बताउनुभयो ।

एहा“ले शुक्रबार, शनिबार, आइतबार मौसमको प्रतिकूलताका कारण कुनै पनि आरोहण नहुने बताउनुभयो । आरोही आधार शिविर फर्किने क्रम शुरु भएको उहा“को भनाइ छ । आधार शिविरमा गाइड, सम्पर्क अधिकृत, आरोही,आरोही सहयोगीसहित एक हजारभन्दा बढी अनुकूल मौसमको प्रतीक्षा रहेको श्रेष्ठले बताउनुभयो ।

मंगलबार दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, आङ फुर्वा शेर्पा, सिद्धबहादुर तामाङ, पासदावा शेर्पा, दोर्जी ग्यालजेन शेर्पा, पासाङ दावा शेर्पा,साङबु भोटेले आरोहण गरी बाटो बनाउ“दै आरोहण गरेका थिए ।
बुधबार २३औं पटक सगरमाथा आरोहणमा आरोही कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नु भएको छ । ४९ वर्षे शेर्पाले गत वर्ष जेठ २ गते बुधबारकै दिन कायम गर्नु भएको २२औं पटकको शेर्पाले नै कायम गरेको कीर्तिमानलाई आफैले तोड्दै नया“ कीर्तिमानी कायम गर्नु भएको थियो ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार मकालुमा ३२ जना, लोत्सेमा १३ जना, कञ्चन्जंगा हिमालको ४३ जनाले सफल आरोहण गरेको बताउनुभयो । आरोहीहरु गन्तव्यमा पुग्ने क्रम जारी रहेको छ, आरोहण गरेको जानकारी आइरहेको आचार्यको भनाइ छ ।

जारी सिजनमा ३० हिमालको लागि १ सय १० समूहका ८ सय ५१ जनाले हिमाल आरोहण गर्नको लागि पर्यटन विभागबाट अनुमति लिएका छन् । जसमा सगरमाथामा १३, कञ्चन्जंगामा २ ग्यालेजेन पिकमा ६ नेपालीले आरोहणको लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि भने १३ नेपाली र ३ सय ६६ विदेशीले अनुमति लिएका छन् ।

३० हिमालका राजस्व दस्तुरबराबर ४९ करोड ४३ लाख रुपियाँ जम्मा भएको विभागले जनाएको छ ।जसमध्ये ४५ करोड रुपिया“भन्दा वढि सगरमाथा आरोहणको लागि आरोहीले बुझाएको दस्तुर रहेको छ ।

सगरमाथा आरोहणका लागि विदेशीले सगरमाथा आरोहण अनुमति लिन प्रतिव्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ ।
नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार रुपिया“ रोयल्टी तिर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्