पानीबाट चल्ने इन्जिनको विकास


कोयंबटुर (एजेन्सी)
भारतको तमिलनाडु राज्यको कोयंबटुरका मेकानिकल इन्जिनियर एक कुमारास्वामीले डिस्टिल्ड वाटरबाट चल्न इन्जिन विकास गरेका छन् । योे पर्यावरण मैत्री इन्जिनले अक्सिजन निकाल्ट र इन्धनका रुपमा पानीमा निहित हाइड्रोजनको प्रयोग गर्छ । उक्त इन्जिनलाई चाँदै जापानमा लन्च गर्ने उनले जानकारी दिएका छन् ।

उक्त इन्जिन विकास गर्न १० बर्ष लागेको एस कुमारस्वामीले बताए । उनले त्यसरी काम गर्ने उक्त इन्जिन पहिलो भएको उल्लेख गर्दै त्यसलाई छिट्टै जापानमा प्रस्तुत गर्ने जानकारी दिए ।

उनले भने– मेरो सपना थियो , म यो इन्जिनको सबैभन्दा पहिला भारतका जनता सामु प्रस्तुत गरुँ । तर आप्mनै देशमा मलाई सकारात्मक जवाफ आएन । त्यसैले मैले जापान सरकारसँग सम्पर्क गरेको छु । मलाई उनीहरुले अवसर प्रदान गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।