विद्युत् आपूर्ति नियमित गर्न माग



बाँके, (नेस)
नेपालगञ्ज उद्योग बाणिज्य संघले विद्युत् अनियमितता नगर्न माग गरेको छ । संघको टोलीले मंगलबार नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलारे यादवलाई ज्ञापनपत्र बुझाउदै उक्त माग गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका अध्यक्ष नन्दलाल बैश्य, प्रथम उपाध्यक्ष अव्दुल वाहिद मन्सुरीलगायतले ज्ञापनपत्र बुझाउ“दै नेपालको सर्वाधिक गर्मी हुने ठाउ“ नेपालगञ्जमा विद्युत् आपूर्तिमा अनियमितता नगर्न आग्रह गरे ।

उनीहरुले विद्युत् अनियमित हु“दा उद्योगधन्दाको सञ्चालन अस्तव्यस्त हुनुका साथै सर्वसाधारण नागरिकको जनजीवन कष्टकर भएको अवगत गराएका छन् ।

नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख यादवले नेपालगन्जमा हाल माग अनुसारको विद्युत् भए पनि धेरै ठाउ“बाट प्रसारण लाइन भएका कारण परिवर्तन गर्नेक्रममा केही समय विद्युत् अवरुद्ध हुने गरेको जानकारी दिनुभयो ।

नेपालगन्जमा भारत र नेपालको राष्ट्रिय प्रसारणबाट विद्युत् आपूर्ति हुने गरेको छ । व्यापारीहरुले १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण केन्द्रबाट नियमित गराउन माग गरेका छन् । भारतबाट ८ देखि १० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । नेपालगन्जमा बस्ती बढ्दै जा“दा कम्तीमा २५ मेगावाटको आवश्यकता भइसकेको छ ।

४३.५ डिग्रीसम्म तापक्रम पुगेको नेपालगञ्जमा छिनछिनमा बत्ती जा“दा उद्योगधन्दा सञ्चालक त मारमा परेका छन् नै सर्वसधारणले पनि सास्ती खेपेका छन् ।

प्रतिक्रिया दिनुहोस्