दोलखा उद्योग बाणिज्य संघमा श्रेष्ठ विजयी



दोलखा, (नेस)
दोलखा उद्योग वाणिज्य संघको २२आंै साधारण सभाबाट युवा व्यवसायी इन्द्रबहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठ प्रतिद्वन्द्वी सुन्दर कार्कीभन्दा ३६ मत बढी ल्याई विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा संघको तत्कालीन महासचिव इन्द्रबहादुर श्रेष्ठले चार सय तीन मत प्राप्त गरेका थिए भने तत्कालीन अध्यक्ष सुन्दर कार्कीले तीन सय ६७ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा इन्द्रबहादुर श्रेष्ठको प्यानलबाट १० जना र सुन्दर कार्कीको प्यानलबाट छ जना विजयी भएका छन् । श्रेष्ठको प्यानलबाट अध्यक्ष श्रेष्ठसहित खुला सदस्यमा दिनेश थापा, सनत थापा, हेमराज रिमाल, देवकृष्ण थापा, गणेशविक्रम शाही र विमल श्रेष्ठ, महिला सदस्य अनिता श्रेष्ठ र दलित सदस्य नवराज रिजाल विजयी भएका छन् ।

कार्कीको प्यानलबाट खुला सदस्यमा दिनेश बस्नेत, बलराम थापा, श्याम कायस्थ, दिनेश पाठक, सुरेश उप्रेती र हिमाल न्यौपाने विजयी भएका छन् । एसोसिएट सदस्यमा भने श्रेष्ठ प्यानलका कृष्ण श्रेष्ठ यसअघिनै सर्वसम्मत भइसकेका थिए । दोलखा उद्योग बाणिज्य संघमा आठ सय ५२ सदस्य रहेकोमा आठ सय पा“च मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्