डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा ढकाल



काठमाडौं, (नेस)
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललगायत अन्य पदाधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

एसोसिएसनको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले अध्यक्षमा गोविन्दप्रसाद ढकाल, गरिमा विकास बैंक, प्रथम उपाध्यक्ष श्री प्रद्युम्न पोखरेल (मुक्तिनाथ विकास बैंक), द्वितीय उपाध्यक्ष रेशमबहादुर थापा (गण्डकी विकास बैंक), महासचिव मनोजकुमार ज्ञवाली (ज्योति विकास बैंक), सचिव प्रदीपकुमार श्रेष्ठ (तिनाउ विकास बैंक), कोषाध्यक्ष सुयोग श्रेष्ठ (सांग्रिला डेभलपमेन्ट बैंक), सदस्यहरु रमेशप्रसाद जोशी (सिन्धु विकास बैंक), नरेशसिंह बोहरा, (लुम्बिनी विकास बैंक), विरुराम जैसी ( कञ्चन डेभलपमेन्ट बैंक), प्रविन बस्नेत, (कामना सेवा विकास बैंक) र नवीन सुवेदी, (सप्तकोशी डेभलपमेन्ट बैंक)का निर्वाचित हुनु भएको छ ।

नवनियुक्त कार्य समितिका पदाधिकारीले सोही साधारणसभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेको छन् ।

एसोसिएसनको १३औं वार्षिक साधारणसभाले आव २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७५÷७६ को अनुमानित आयव्याय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । जम्मा २९ सदस्य विकास बैंकहरुमध्ये २५ जना सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको सक्रिय सहभागिताले उक्त कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्