अढाई करोडमा आठ कृषि सडक निर्माण हुँदै



राजेन्द्र गजुरेल, नुवाकोट
प्रदेश नं. ३ सरकारले नुवाकोटको विभिन्न स्थानमा कृषि सडकको लागि आठ योजनामा बजेट विनियोजन गरेको छ । दुई नगरपालिका र १० गाउ“पालिका भएको नुवाकोटमा स्थानीय तहको विस्तारस“गै विकासको मेरुदण्डको रुपमा लिइने सडकको विस्तार हुन नसकिरहेको अवस्थामा जिल्लाको कृषि र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन सडक विस्तारका योजना तथा कार्यक्रमका लागि प्रदेश सांसदको पहलमा कुल दुई करोड ६० लाख बजेट छुट्टाइएको हो ।

प्रदेश नं. ३ सरकारबाट बजेट विनियोजित नुवाकोट जिल्लाका आठ कृषि सडक लाई बजेट विनियोजन गर्दा एक नगरपालिका र तीन गाउ“पालिका परेका छन् । विदुर नगरपालिका वडा नं.१ को बान्द्रेदेखि पा“डेगाउ“ हु“दै चोगते जोड्ने कृषि सडकको लागि ३५ लाख, विदुर नपा–११ को डा“डागाउ“ हु“दै गेर्खु खोला जोड्ने कृषि सडकको लागि ३५ लाख, गाउ“पालिकातर्फ पञ्चकन्या गाउ“पालिकाको वडा नं.५ को लोकमार्ग–कुण्डला–बा“केघर–मिश्र पँधेरो–महादेव खोला छहरे कृषि सडकको लागि ३० लाख रहेकाे छ ।

पञ्चकन्या ४ को मंगला मावि–मझुवा प्रावि हु“दै बालकुमारी जोड्ने कृषि सडकको लागि ४५ लाख, पञ्कन्या ३ को आनपादेखि निउरेनी हु“दै मानेथोक जोडने कृषि सडकको लागि २५ लाख, पञ्कन्या २ को मिश्रफा“टको पिच बाटोबाट २ किमी दा“याबा“याको लागि ३५ लाख, दुप्चेश्वर गाउ“पालिकातर्फको वडा नं. १ को उप्रा–घ्यावरचौर–इल्दुम–तालुकसेरी जोड्ने कृषि सडकको लागि ३० लाख, शिवपुरी वडा नं. ८ को रिजारको मिल–पहरेधारा हु“दै सत्तरी जोडने कृषि सडकको लागि २५ लाख गरी नुवाकोटको आठ कृषि सडकको लागि रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्