देशलाई समृद्धिको यात्रामा डो-याउनु आवश्यक



भक्तपुर,(नेस)
भक्तपुर चेम्बर अफ कमर्सको पहिलो अधिवेशनले न्हुछेरत्न मानन्धरको नेतृत्वमा नयँ“ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कविदास धौबजी श्रेष्ठ, सचिवमा सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ, सदस्यमा अष्टबज्र बज्राचार्य, चन्द्रभक्त श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ, रामगोपाल सुवाल, राधेसुन्दर सायँजु चुनिनु भएको छ ।

नया“ कार्य समितिको पदस्थापना तथा शुभकामना आदानप्रदान समारोहमा बोल्दै चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेश मल्लले आर्थिक क्रान्ति मात्र अब देशको एक मात्र मार्ग भएको बताउनुभयो ।उहा“ले देशमा रहेको उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरणमार्फत कसरी विश्वस्तरमा जोड्न सकिन्छ यसबारे चिन्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।

शिक्षालाई सीप र रोजगारीस“ग जोडेर स्वदेशी उत्पादन बढाएर र व्यापार घाटा घटाएर देशलाई समृद्धिको यात्रामा डो¥याउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कमर्सका प्रदेश २ का अध्यक्ष कृष्णमान श्रेष्ठ, उद्योग वााणिज्य संघ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजापति, चा“गुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेल लगायतले भक्तपुर चेम्बर अफ कमर्सको नया“ कार्य समितिको सफलताको कामना गर्नुभयो ।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले भक्तपुरमा रहेका ब्यबसायीलाई संस्थाले सहजीकरण गर्दै र उद्योग बााणिज्य संघस“ग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्