फलाखुखोला जलविद्युत् आयोजनाको निर्माण नियमित



रसुवा, (नेस)
१४ दशमलव ७ मेगावाटको फलाखु खोला जलविद्युत् आयोजनाको निर्माण नियमित सञ्चालनमा आएको छ ।

नौकुण्ड गाउ“पालिका वडानं. १ थाङदोरमा निर्माण भएको उक्त आयोजना ले क्याम्प निर्माण,लाइन निर्माण,बाटो निर्माण जग्गा अधिग्रहण संरचनाको काम अगाडि बढाइ आयोजनाको सुरक्षाको लागि नेपाली सेना कालिजंग गणको क्याम्प राखिएको छ ।

आयोजनाका अनुसार बेत्रावती फलाखु खोला जलविद्युत् सरोकार समितिले विभिन्न माग राख्दै निर्माणमा अवरोध गरेपछि काम ठप्प नै भएको थियो भने वैशाख २२ देखि निर्माण कार्य बन्द नै थियो ।

सरोकार समितिका अध्यक्ष दिलबहादुर कोक्तान का अनुसार वैशाख २८ गते बैठक बस्ने गरी बुधबार देखि नै काम गर्न दिने सहमति भई आयोजनास“ंग छलफल गरी काम शुरु गर्न सहमति गरेको बताए । कुल दुई अर्ब ४० करोडको लागतमा आयोजना बनेको हो। दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक पाइप रहने छ । तीमध्ये तीन सय मिटर टनेल निर्माण भइसकेको आयोजना ले जनाएको छ ।

आयोजना चिनिया“ ठेकेदार चोङकिङ वाटर टबाइल वक्स एन्ड कम्पनीले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्