विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच द्वन्द्व, सेवा बन्द गर्ने चेतावनी



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलको शुल्क वृद्धि गर्ने र नतिर्ने कम्पनीको तार हटाइदिने निर्णयविरुद्ध इन्टरनेट तथा टीभी सेवा प्रदायकहरु उत्रिएका छन् ।उनीहरुले प्राधिकरणले आफ्नो निर्णय नसच्चाए देशैभरीको सेवा अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक दिनेश सुवेदीले नेपाल विद्युत प्राधिकरणले पूर्वाधार प्रयोगवापत तोकेको नया“ दररेट अनुसार पोल भाडा तिरेमा इन्टरनेट र केबल टिभी सेवा मह“गो हुन जाने बताउनुभयो । कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले यसबारेमा आफूहरु वार्तामा बस्न तयार भए पनि आफूहरुलाई बेवास्ता गरिएको बताउनुभयो । उहा“ले भन्नुुभयो–‘कसैले पनि हाम्रो कुरा सुन्न चाहेको छैन ।’

प्राधिकरणले हालै वृद्धि गरेको पूर्वाधार प्रयोग बापतको शुल्क व्यवसायीले तिर्न नसकिने अडान लिएपछि तार काटिने अवस्था आएको छ । प्राधिकरणले बढेको शुल्क नतिर्ने सेवा प्रदायकहरुको तार काटिने जनाएको छ । वर्षौदेखि प्राधिरकणको पोलसहितका पूर्वाधार प्रयोग गरिरहेका इन्टरनेट र टेलिभिजिन सेवा प्रदायकलाई न्यायसंगत शुल्क लगाइएको प्राधिरकणका प्रवन्ध निर्देशक कुलमान घिसिङले दाबी गरेका छन् ।

प्राधिकरणले २०७५ साउन १ गतेदेखि सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत टेलिकम सर्भिस चार्ज भनेर शुल्क लगाएको छ, यसप्रति पनि व्यवसायीहरुले आपत्ति जनाएका छन् । संयोजक दिनेश सुवेदीले वर्षौदेखि भाडा बुझाउ“दै आएका कम्पनीस“ग छलफलसमेत नगरी एकपक्षीय रुपमा तार काट्ने निर्णय भएको बताएउनुभएको छ् ।

आइएसपीका अध्यक्ष भोजराज भट्टले प्राधिकरणले एक पक्षीय रुपमा तार काट्दा आम उपभोक्ताको विरोध खेप्न तयार हुन प्राधिकरणलाई चेतावनी दिनुभयो । यसैबीच नेपाल विद्युत् प्राधिकरणले नया“ सम्झौता गर्न नआउने कम्पनीको तार मंगलबारदेखि काट्ने जनाएको छ । यसअघि शुक्रबार नै तार काट्ने बताउ“दै आएको प्राधिकरणले सुनुवाईको मौका नपाएको गुनासो आएपछि मंगलबारसम्मको म्याद थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्