कक्षा १० मा पनि डीएभी उत्कृष्ट



काठमाडौं, (नेस)
शैक्षिक सत्र २०१८–१९ मा सीबीएसई बोर्डद्वारा सञ्चालित कक्षा १० को बोर्ड नतिजामा डीएभी सुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको हो ।

डीएभी विद्यालयका आदित्य अग्रवालले ९८.६ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेका छन् । दोस्रो स्थानको लागि अर्पित खेतानले ९६.८ प्रतिशत प्राप्त गरे भने आयुश श्रेष्ठले ९६.४ प्रतिशत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् ।

डीएभी विद्यालयबाट सहभागी कुल १४८ परीक्षार्थी मध्ये ३९ जना विद्यार्थीेहरूले ९० प्रतिशतभन्दा माथिको नतिजा निकालेका छन् भने सहभागी सबै परीक्षार्थी उतिर्ण भएका छन् । दुई दिन अघि प्रकाशित सीबीएसई कक्षा १२ को बोर्ड नतिजामा समेत डीएभी विद्यालयले नेपालबाट अहिलेसम्मकै रेकर्ड तोड्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्