दोलखामा सहकारी सम्मेलन शुरू



चिरञ्जीवी मास्के, दोलखा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको सहकारी बचत र ऋण परिचालन गर्नमात्र नभई उत्पादनसं“ग जोडिनुपर्ने बताउनु भएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा जिल्ला सहकारी संघ दोलखा र जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाको संयुक्त आयोजनामा शुक्रबारबाट शुरु भएको दुई दिने बृहत् सहकारी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहु“दै मन्त्री अर्यालले सहकारीको मूल भावना भनेको सामूहिकता भएको बताउनुभयो । उहा“ले भन्नुभयो–‘सहकारीले सामूहिक भावनाको माध्यमबाट विकास र समृद्धिमा योगदान पु¥याउनुपर्छ ।’

कसैले एक्लै काम गर्छु भन्यो भने त्यो सफल हुन सक्दैन मन्त्री अर्यालले भन्नुभयो–‘एक्लैले न उत्पादन राम्रो गर्न सक्छन् न बजार पाउन सक्छन् । मन्त्री अर्यालले सहकारीहरुले सीप सिकाउने, उत्पादनलाई जोड्ने र उत्पादित वस्तुको बजारीकरण गर्नेतर्फ लाग्नुपर्ने पनि बताउनुभयो ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईको सभापतित्वमा भएको सम्मेलनमा सहजकर्ता बृर्ख क्षेत्रीले सम्मेलनको अवधारणाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष हेमन्त चौलागाईले सहकारी व्यवस्थापन र उद्यमशीलता विकासमा स्थानीय सरकारको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, पूर्वराज्यमन्त्री देवी खड्का, गाउ“पालिका राष्ट्रिय महासंघ नेपालका ३ नम्बर प्रदेश अध्यक्ष ईश्वरचन्द्र पोखरेललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्