पश्चिमाञ्चल यातायात समितिमा पाण्डे र कंँडेलबीच प्रतिस्पर्धा



यमलाल भुसाल, बुटवल
पश्चिमाञ्चल यातायात व्यवसायी समिति, प्रधान कार्यालय, बुटवलको शनिबार हुने ११औं अधिवेशनका लागि भएको उम्मेदवारी दर्तामा महासचिव सहित ७ पदाधिकारी पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।

निर्विरोध हुनेमा महासचिवमा जितु भाट, सचिवमा बसन्त खड्का, रुपन्देही उपाध्यक्षमा अर्जुनकुमार भुसाल र डिल्ली राज रिजाल, नवलपरासी सेक्टर उपाध्यक्षमा खिम बहादुर थापा क्षेत्री (नारायण),नवलपुर सेक्टर उपाध्यक्षमा पर्शुराम भण्डारी (रामु) र काठमाडांै सेक्टर उपाध्यक्षमा रमेश कुमार फौज्दार चयन हुनु भएको छ ।

समितिको शनिबार हुने निर्वाचनमा नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डे र वर्तमान महासचिव हरि प्रसाद क“ंडेलका बीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष्ँमा कमल घिमिरे र प्रतापबहादुर कार्की, कोषाध्यक्षमा गेहेन्द्रराज न्यौपाने र हरिप्रसाद रिमाल तथा उपाध्यक्ष खुला सेक्टरमा युवराज पन्त र सिद्धार्थ उदयका बीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष गुल्मी÷पाल्पा÷स्याङजामा खुमबहादुर बिसी (गोविन्द) र निरज केसी उपाध्यक्ष कपिलवस्तु÷अर्घाखां“ची सेक्टरमा गणेश घिमिरे र चेतबहादुर थापा (अमर) का बीचमा प्रतिस्पर्धा हुने भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र पाण्डेले बताउनुभयो । समितिको १० जना कार्यसमिति सदस्य पदका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

जसमा अशोक कुं“वर, ओमकान्त तिमिल्सिना,कमलप्रसाद सापकोटा, काशीनाथ पोखरेल, कृष्ण ठकुरी, कृष्णबहादुर केसी, खगेश्वर काफ्ले, गोपाल लम्साल, तिलकप्रसाद काफ्ले, देवेन्द्र बानिया, नारायणप्रसाद रेग्मी, पिताम्वर सेजवाल,बिनोद अर्याल,बेल बहादुर खड्का,भोला खां“ण,
लक्ष्मण गैरे (नेताजी), सूर्यबहादुर लम्साल, शोभाकान्त पाण्डे र श्यामप्रसाद क“ुंवर योगी चुनावी मैदानमा उत्रिनु भएको छ । कुल १ हजार १ सय २१ जना मतदाता रहेको समितिमा शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्