बजेट अभावमा आधा दर्जन ठूला योजना अलपत्र



नेपाल समाचारपत्र, पर्वत
बजेट अभाव र ठेकेदारको लापरबाहीले पर्वतमा आधा दर्जनभन्दा बढी ठूला योजना अलपत्र बनेका छन्। पर्वतमा निर्माण गरिएका सडक, पुल, खानेपानीलगायतका ठूला निर्माणका क्रममा प्राविधिक पक्षमा ध्यान नदि“दा करोडौं रुपिया“ खर्चेर निर्माण गरिएका केही योजना अलपत्र भएका हुन् ।
अलपत्र योजनामध्ये कतिपय योजना सम्पन्न भएर पनि प्रयोगमै आउन सकेका छैनन् भने केही निर्माणकै क्रममा लथालिङ छन्।

पर्वत जिल्लामा साविकको धौलागिरी अञ्चलको एक मात्र महिला बन्दी गृह, सदरमुकाम कुश्मा बजारको बसपार्क, घुम्ती–खनियाघाट सडक, भुरुङ्दीखोला पुल, ठूलीपोखरी खानेपानी र वायु ऊर्जा केन्द्रलगायत छन्। साविकको धौलागिरी अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको महिला बन्दी गृह ९ वर्षदेखि अलपत्र छ। १० वर्ष अगाडि ७२ लाख रुपिया“ लागतमा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो। १४ लाख रुपिया“ मात्र बजेट आएपछि निर्माणाधीन बन्दी गृह अलपत्र बनेको छ। १४ लाख रुपिया“ले गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काममात्र भएको छ।

सदरमुकाम कुस्मा बजारमा निर्माणाधीन बसपार्क लामो समयदेखि अलपत्र छ। धौलागिरीका चार जिल्ला आउजाउ गर्ने सवारीसाधन पर्वत आउ“दा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ। तत्कालीन अवस्थामा १ करोड ५९ लाख रुपिया“ बजेट विनियोजन गरी निर्माण काम प्रारम्भ गरिए पनि काम अघि बढ्न सकेको छैन। तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माण शुरु गरिएको थियो।
पर्वतको महाशिला गाउ“पालिका–६ फलामखानीमा हावाबाट बिजुली निकाल्न एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण गरिएको थियो। निर्माण पूरा गरी एक वर्षसम्म विद्युत् उत्पादन गरे पनि यो आयोजना अहिले अलपत्र छ। विद्युत् उत्पादन बन्द भएस“गै केन्द्रमा जोडिएका लाखौं मूल्यका सामग्री त्यतिकै छन्। कतिपय मेसिनको अवशेष मात्र बा“की छ। एक करोड रुपिया“ लगानी गरिए पनि त्यसपछि आवश्यक मर्मत र सुधार कतैबाट नभएपछि मर्मत अभावमा एक वर्षमै यो केन्द्र अलपत्र बनेको हो।

कुस्मा नगरपालिका–१२ ठूलीपोखरीमा २०५२ सालमा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा भए पनि अलपत्र अवस्थामा छ। २३ वर्ष अगाडि जिल्लाको गौरव मानिएको यस खानेपानी आयोजनाबाट करिव स्थानीय ४ सय घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो। पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब खानेपानीको समस्या समाधान भयो। तर, उनीहरुको त्यो सपना एक वर्षमै भताभुंग भएको छ।

पर्वतको मोदी गाउ“पालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दी खोलामा चार वर्षअघि पुल निर्माण शुरु भए पनि काम अघि बढेको छैन। निर्माण शुरु भएको केही महिनामै ठेकेदारले काम छाडेर हि“डेपछि पुल अलपत्र अवस्थामा छ। ६ करोड १३ लाख रुपिया“को लागतमा बन्न लागेको पुल आर्थिक वर्ष २०७४०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी छ।

प्रतिक्रिया दिनुहोस्