पशु बीमातर्फ आकर्षित गराउन नगरपालिकाको अनुदान



राजेन्द्र गजुरेल, नुवाकोट
पशुपन्छी पालक कृषकलाई लक्षित गर्दै मंगलबारदेखि नुवाकोटमा विदुर नगरपालिकाले सरकारी अनुदानसहित पशु बीमा कार्यक्रम लागू गरेको छ ।

कृषि र पशुपालन पेशा व्यवसायबाट पलायन र निराशालाई रोकी यसतर्फ आकर्षण बढाउन ५० प्रतिशत अनुदानसहित पशु बीमा कार्यक्रम सञ्चालन गरेको हो ।

नगर क्षेत्रका अगुवा कृषक, कृषि विज्ञ तथा जनप्रतिनिधिबीचको सहभागितामा नगरपालिका र आइएमई जनरल इन्स्योरेन्सबीच मंगलबार नै पशु बीमा सम्झौता भएको छ । कृषकका लागि पशुपन्छी क्षति, दुर्घटना वा नोक्सान भएपछिको जोखिम वापतको क्षतिपूर्ति रकम पाउने यस किसिमको बीमा कार्यक्रमले नगरबासीमा थप उत्साह थपिएको छ । यसस“गै नुवाकोटमा रहेका कृषकले पाल्दै आएका पशु तथा पन्छीको बीमा अब सरल हुने भएको छ ।

नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको बीच विदुर नगरपालिका र आइएमई जनरल इन्स्योरेन्सबीच बीमा सम्बन्धी कारोबार गर्ने विषयमा सम्झौता भएको हो । कृषकले आफूले पालेको पशु पन्छीमा सामान्य रोगका कारणबाट पनि ठूलो क्षति ब्यहोरिरहनु परेको अवस्थामा यस कार्यक्रमबाट विदुर नगरपालिकाका हजारौं कृषकलाई राहत मिल्नुका साथै लाभान्वित हुने भएका छन् । यसअघि सरकारले बीमामा ७५ प्रतिशत र कृषकले २५ प्रतिशत ब्यहोर्दै आएकोमा कृषकले ब्यहोर्ने रकममध्ये आधा अर्थात् ५० प्रतिशत अनुदानको सुविधा उपलब्ध गराएको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले जानकारी दिनुभयो ।

‘यसअघि कृषकले ब्यहोर्नुपर्ने २५ प्रतिशत अनुदानमा पनि उदासिन भई बीमाप्रति आकर्षित भएनन्,’ बीमा कार्यक्रमबाट पशुपालक कृषक आकर्षित हुन नसकेको समस्या बताउ“दै मेयर पण्डितले भन्नुभयो–‘अबदेखि नगरपालिकाले कृषकको २५ प्रतिशतमा सहयोग पु¥याउने गरी त्यसको आधा रकम नगरपालिकाले अनुदान दिने गरी सम्झौता गरेका हौँ ।’

उहाँका अनुसार सम्झौता अनुसार बिमा कम्पनिको सेवा कार्यालय नगरपालिकाको भवनमा नै रहेर केहि दिनबाट नै सेवा प्रदान गरिनेछ । विदुर नगरपालिकाकी उपप्रमुख गीता कुमारी दाहलले सम्झौता भए अनुरुप नै बिमा कम्पनिले काम गर्नुपर्ने र कृषकको हितमा भएको नगरपालिकासँग भएको सम्झौतालाई पालना गर्न आग्रहसमेत गरिन् । ‘अझपनि कृषकहरु आफ्ना पशुपन्छि पटक–पटक बिरामी भई सधै कृषकलाई घाटा हुदाँ निरासा भईरहेको बेलामा बिमा कार्यक्रमले पशुपालनमा आकर्षण थपिने विश्वास बढेको छ’, उनले यस कार्यक्रम प्रभावकारी बन्ने आशा गर्दै भनिन्–‘अब आफ्ना पशुपन्छिको बिमा गरेर ढुक्कको साथ ब्यवसायिक रुपमा लागिपर्न सकेमा आर्थिक उर्पाजनका साथै रोजगारीको वातावरणसमेत सृजना गर्न मद्दत पुग्नेछ ।’

विदुर नगरपालिकाको तर्फबाट निमिक्त कार्यालय प्रुमुख दिवाकर चापागाई र आईएमई जनरल ईन्सुरेन्सको तर्फबाट सहायक महाप्रबन्धक मुनिन्द्र कुमार ठाकुरबिच १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरीएको छ । ईन्सुरेन्सका सहायक महाप्रबन्धक ठाकुरले यस बिमा कम्पनिले नगरपालिकासँग सम्झौता गरेको छैटौं कार्यक्रम भएको र आफ्नो बिमा कम्पनिले कृषकको सहजताका लागि सम्झौता अनुसार नै काम गर्ने प्रतिवद्धता जनाएका छन् ।’

विदुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले पढेर सुनाउनुभएको थियो । कार्यक्रममा केहि कृषकहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्