आईप्लेक्स मल संचालनको तयारीमा



काठमाडौं, (नेस)
नयाँ बानेश्वरमा ५० वटाभन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसल, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको फुडकोर्ट युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने इभेन्टजोन, कफि बार सहितको आईप्लेक्स मल नामक अत्याधुनिक मल एक महिनाभित्रै सञ्चालनमा आउन लागेको छ ।

विशेष गरी काठमाडौंबासीको रहन सहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता ब्यापारिक मलहरु संन्चालनको क्रम दिन प्रतिदिन बढदो छ । मनोरन्जन, खाना देखि देैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मल वृद्धि ह“ुदै जान्छन् उत्तिनै सर्वसाधारण उपभोक्ता यसबाट लाभान्वित हुने गरेका छन् साथै व्यावसायिक कारोबारमा आउने अभिवृद्धिले देश विकासमा समेत उल्लेख्य योगदान राख्दछ ।

प्रतिक्रिया दिनुहोस्