मूल्यसूची नै हुँदैन पसलमा



गुल्मी, (नेस)
सदरमुकाम तम्घासमै रहेका किराना तथा होलसेल पसलहरुमा मूल्यसूची नराखेको पाइएको छ। उपभोक्ता संरक्षण निर्देशनालय øपन्देहीको नेतृत्वमा तम्घास बजारमा गरिएको अनुगमनमा मूल्यसूची नै नराखेको पाइएको हो।

अनुगमनकर्ताले यस्तो फेला पारेपछि उपभोक्ता संरक्षण निर्देशनालयका नारायण भट्टराईले अहिले मूल्यसूची र पसलको छाप नराखेको पाइयो अहिलेलाई सुधार गर्नका लागि आग्रह गरिएको बताउनुभयो।

अर्को पटक सुधार नभए कानुन अनुसार कारबाही गरिने भट्टराईले जानकारी दिनुभयो। अनुगमनकर्ताले खाद्यान्न पसलस“गै तम्घास बजारका केहि होटल तथा मिस्ठान्न पसलमा अनुगमन टोलीले सरसफाइमा ध्यान दिन सुझाव दिएको थियो।

प्रतिक्रिया दिनुहोस्