जाजरकोटमा सुन्तला जोन विस्तार



बासुदेव शर्मा, जाजरकोट
प्रधानमन्त्रन्त्री कृषि आधुनिकिकरण परियोजनाले सुन्तला फलफुल आयोजना इकाई जाजरकोटले कार्यक्रमको क्षेत्र विस्तार गरेको छ ।

करिब एक वर्षदेखि जाजरकोटमा सञ्चालन भएको कार्यक्रमले नलगाड नगरपालिका ३ डाडागाउ“ भेरी नगरपालिका २ र कुसे गाउ“पालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरेको थियो । हाल कार्यक्रमले जाजरकोटका छेडागाड नगरपालिका वडा नं. ११ र १२ भेरी नगरपालिकाको वडा नं. ५, ६ र ७ मा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ ।

गत आर्थिक वर्षमा परियोजना सञ्चालन भएका कुसे गाउ“पालिकाको सबै वडा र भेरी नगरपालिका वडा नं. २ मा गाउ“पालिका र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भई प्रमाणपत्र पाएका ४५ वटा समूह सहकारीलाई साना तथा मझौला साना सि“चाइ कार्यक्रम सम्पन्न गर्नको लागि परियोजनाले ६० लाखबरावरको रकम समूह सहकारीमार्फत सञ्चालन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन सुन्तला फलफुल कार्यक्रमबाट सञ्चालन भएका योजनाको कार्यालयले समय समयमा अनुगमण गरेको छ । परियोजनाबाट सञ्चालन भएका योजनाहरु जेठ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएकाले सम्झौताअनुसार काम सम्पन्न नभएका योजनालाई कार्यालयले अनुगमण गरी प्राविधिकको मुल्याकणका आधारमा भुक्तानी दिने कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताउनुभयो ।

जाजरकोट जिल्लामा सुन्तलाको पकेट क्षेत्र बनाउनको लागि परियोजनाले समय समयमा कृषकलाई विरुवामा लाग्ने रोग किराका बारेमा जानकारी गराएको छ । वैशाखमा सुन्तला जात फलफुलमा फल लागे समय भएकाले सुन्तलाका फल झर्ने, फल विकसित भए पनि स्वादिष्ट नहुने फल झर्ने औसा नियन्त्रणको लागि फेरोमोन टरयाप, मल्टिपलेक्स सुक्ष्म तत्व झोलहरु प्रविधि प्रदर्शन तालिम सञ्चालन गरी किसानलाई वितरण गरेकाले फलपूmलमा लागेको रोग नियन्त्रण गर्ने विधि जानकारी गराएकाले किसानहरुलाई उक्त विधि प्रयोग गरी विरुवा र फल स्वच्छ राख्न समय समयमा आवश्य सल्लाह दिएको कृषि प्राविधिक विश्वामित्र शर्माले वताउनुभयो ।

आयोजनाले किसानको उत्पादनमा वृृद्धि गर्नको लागि प्रोत्साहन रकम, क्रप कटिङको रकमलगायत हार्भेष्टका सामग्री ५० प्रतिशत अनुदानमा किसानलई वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका आयोजना प्रमुख वरिष्ठ कृषि अधिकृत टंक रिजालले बताउनुभयो ।

परियोजनाका प्रमुख रिजालले उत्पादनमा वृद्धि गराउन परियोजनाबाट समय समयमा सल्लाह सुझाव, फलफूल सम्बन्धी तालिम, किसानलाई आवश्यक पर्ने सामग्री मागका आधारमा उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्