जावलाखेल ग्रुपको रेड रसियन बजारमा



काठमाडौं, (नेस)
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले नेपाली बजारमा अत्याधुनिक रुसी प्रविधिद्वारा हिमालयन पानी र उच्चस्तरीय पदार्थको समिश्रणबाट बनेको रेड रसियन नामक क्लियर स्प्रिट्स ल्याएको छ ।

उक्त रेड रसियनको स्वाद उत्कृष्ट छ भने यो शुद्ध र सर्वश्रेष्ठ पदार्थ प्रयोग गरी अत्याधुनिक रुसी डिस्टिलेसन, फर्मेनटेसन र फिल्टरेसन प्रविधिद्वारा उत्पादन गरिएको गुणस्तरीय पेय पदार्थ हो ।

रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्लियर स्प्रिट्सको पारखीको मागलाई ध्यानमा राखेर उक्त पेयको उत्पादन गरिएको हो । जो स्वाद र समिश्रणको एक अनुपम उदाहरण पनि हो ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह भन्नु हुन्छ–‘क्लियर स्प्रिट्स विश्वकै एक अति लोकप्रिय पेयमा पर्दछ र हामी यस्ता गुण्स्तरीय उत्पादन बजारमा प्रस्तुत गर्दै आउने छौं । ब्लेन्डिङ एक कला हो र यसमा हामी दक्ष छौं । रेड रसियनले उपभोक्तालाई गुणस्तर, स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौं।’

जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशीन जोशीका अनुसार जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले आफ्ना उत्पादनमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडि बढाउ“दै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधिद्वारा रेड रसियनको उत्पादन गरिएको बताउनुभयो ।

हाल बजारमा रेड रसियन ७५० मि. लिको एक हजार, ३७५ मि. लिको ५ सय १८० मि. लिको २५० रुपिया“मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्