अवैध बाटोबाट ३ खर्बको कपडा नेपाली बजारमा



नेपाल समाचारपत्र, काठमाडौं
सरकारले नेपाली कपडा उद्योग र व्यवसायीलाई प्रोत्साहन नगेर आयातलाई प्रोत्साहन गरेको नेपाल कपडा उद्योग संघले आरोप लगाएको छ ।

संघले नेपाली बजारमा ९० प्रतिशत अवैध रुपमा कपडा आयात हु“दै आएको पनि जनाएको छ । नेपाल कपडा उद्योग संघले आगामी बजेटमा नेपाली कपडा उद्योगलाई प्रोत्साहन गर्ने माग गरेका छन् । सरकारले संघलाई ५० प्रतिशत विद्युत् महशुल १ वर्ष कायम रहेको मा ५ वर्ष माग गरेको छ । निकासीमा ५ प्रतिशत अनुदान बढाउनुपर्ने समेत माग गरेका छन् ।

नेपालमा वार्षिक २९ अर्ब रुपिया“को कपडाजन्य सामग्री आयात हु“दै आएको छ । जसमा नेपाली उद्योगले ७ अर्ब रुपिया“को उत्पादन गर्दै आएका छन् । बजार अभाव र सरकारले नेपाली उद्योगलाई प्रोत्साहन नगर्दा र कपडा आयातमैत्री वातावरण ह“ुदा बजार मागको अवस्थालाई हेरेर पूर्ण क्षमतामा उद्योगले उत्पादन नगरेको व्यवसायीको भनाइ छ ।

हाल नेपाली कपडा उद्योगको उत्पादन कुल खपतको ५ प्रतिशत आपूर्ति गरेको छ भने संघले आगामी ५ वर्षमा २० प्रतिशत पु¥याउने लक्ष्य लिएको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जीतेन्द्रकुमार लोहियाले बताउनुभयो । उपाध्यक्ष लोहियाले सरकारले व्यवसायमैत्री नीति ल्याएमा हाल ५० प्रतिशत क्षमतामा चलेका उद्योग दुई महिनामै शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सकिने नेपालको कपडाको मागलाई संघले आपूर्ति गर्ने बताउनुभयो । नेपालमा साना ठूला गरेर २ सयवटा टेक्सटाइल उद्योग छन् ।

गैरकानुनी बाटोबाट ३ खर्ब १३ अर्ब रुपिया“को बराबरको कपडा नेपाल भित्रिने गरेको संघको भनाइ छ । नेपाली बजारमा ३ खर्ब ५५ अर्ब रुपिया“को कपडाजन्य सामग्री उपयोग भइरहेको पनि सरकारी तथ्यांकमा ४४ अर्ब ७७ करोड रुपिया“को मात्र कपडा वैधानिक बाटो बाटोबाट आएको संघले जनाएको छ ।

सन् २०१७ मा भारतमा प्रतिव्यक्ति प्रतिवर्ष ६७ दशमलव २१ अमेरिकी डलरबराबरको कपडा खपत हुन्छ । भारतमा कपडा र कपडाजन्य वस्तुको खपत वार्षिक वृद्धिदर ८ दमलव ५ प्रतिशत छ । सन् २०१८ मा भारतमा प्रतिव्यक्ति कपडाको खपत ७२ दशमलव ९२ अमेरिकी डलर पुगेको छ । यसलाई आधार मान्दा नेपालमा वार्षिक कपडाको खपतको वृद्धिदर १० प्रतिशत भइ ८० दममलव २१ अमेरिकी डलर रहेको छ ।

नेपालमा कपडा आयात गर्दा नेपालमा लाग्ने भन्सार, भाडा, मूल्य अभिवृद्धि कर ३५ प्रतिशत लाग्छ । ३५ प्रतिशत जोडदा १०८ अमेरिकी डलर पुग्छ । एक डलर बराबर १ सय ११ रुपिया“ मान्दा एउटा व्यक्तिले वार्षिक १२ हजार १९ रुपिया“ बराबरको कपडा खपत गर्ने उद्योग सङ्घका उपाध्यक्ष जीतेन्द्र लोहियाले बताउनुभयो । उहा“का अनुसार नेपालको जनसंख्या २ करोड ९५ लाख पुगेको छ । १२ हजार १९ रुपिया“ र २ करोड ९५ लाख गुणा गर्दा वार्षिक ३ खर्ब ५५ अर्ब रुपिया“ बराबरको कपडा नेपाल आउने गरेकोे उहा“को अनुमान छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा वैधानिक बाटोबाट वार्षिक रुपमा ४४ अर्ब ३८ करोड रुपिया“ बराबरको मात्रै कपडा आयात हुने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्