बैंकहरूलाई उपहार दिन रोक



काठमाडौं, (नेस) नेपाल राष्ट्र बैंकले निक्षेप जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको उपहार दिन नपाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थालाई बिहीबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले सो रोक लगाएको हो ।

केही बैंकले निक्षेप तान्नका निम्ति उपहार कार्यक्रम ल्याएपछि केन्द्रीय बैंकले सो व्यवस्था गरेको हो । विशेषगरी मुघती निक्षेपमा बैंक तथा वित्तीय संस्थाले सुनचा“दीका सिक्कालगायत उपहार प्रदान गर्दै आएका थिए ।

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ का विभिन्न दफामा संशोधन गरी भूकम्पपीडितका लागि निजी आवास निर्माण वा प्रबलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेको वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेका र आर्थिक अभावका कारण निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राही सम्झनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्