कोकाकोला- १३३ वर्ष



नेपाल समाचारपत्र, काठमाडौं
पेय पदार्थ कोकाकोलाले स्थापनाको १३३औं वार्षिकोत्सव मनाएको छ । ८ मई, १८८६ मा एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन शुरु भएको थियो ।

यो पेय पदार्थले विश्वभरका मानिस लाई त्यसबेलादेखि रिफ्रेस र उत्साहित गर्दै आएको कम्पनीको दाबी छ । फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखा नियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे सोही बेला एस जी. क्याण्डलर, जसले व्यवसायलाई विस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए।

कोका–कोलाले नेपालमा सन् १९७९ देखि आएको हो । कम्पनीको शुरुवातीदेखि नै, कोका–कोलाले फुटबल, संगीत तथा खानाका अनेकौं गतिविधिलाई साथ र सहयोग गर्दै आएको छ । कोका–कोलाले नेपालमा उपभोक्ताका लागि आविस्कारिक सोचलाई अगाडि बढाई अद्वितीय पहु“च तथा अवसर सिर्जना गर्दैै आएको छ ।

सन् २०१३ मा कोका–कोलाले फिफा र एन्फाको सहकार्यमा फिफा विश्वकप ट्रफी नेपालमा ल्याएको थियो, जुन नेपालमा पहिलो पटक वास्तविक सुनौलो ट्रफी प्रत्यक्ष रुपमा फुटबल प्रेमीहरुले हेर्न पाएका थिए । कोका–कोला मोःमोत्सवमा, कोका–कोलाले ग्राहकहरुको मनपर्ने कोक र मोःमोको कम्बिनेसनको आनन्द लिएका थिए, जहा“ उनीहरुको मनपर्ने सेलेब्रेटीहरु तथा राष्ट्रिय फुटबल टिमका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्