गुँरास लाईफ र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता



काठमाडौं । गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी र कलेज अफ मेडिकल साइन्स चितवन (पुरानो मेडिकल कलेज) बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ । ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्ष गरे ।

सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बीमित र बीमा अभिकर्ताहरुलाई अस्पतालले प्रदान गर्ने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ । त्यस्तै, अस्पतालमा कार्यरत कर्मचारीहरु तथा निजका परिवारहरुलाई जीवनबीमा गराउदा विशेष सहुलियत दरमा बीमा शुल्क निर्धारण गरी बीमालेख जारी गर्ने र विभिन्न अध्ययन, अनुशन्धान तथा अवलोकनमा आउने विद्यार्थी तथा कर्मचारीहरुलाई गुराँस लाइफ ईन्स्योरेन्सले आवश्यक सहयोग गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्