लुम्बिनी जनरलको बिशेष साधारण सभा


काठमाडौ(नेस)
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा बुधबार सम्पन्न भयो ।

आ.ब. २०७४÷०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूंजी पूरा गर्ने योजना रहेपनि एन एफ आर एस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले सोको बिकल्पमा १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको व्यहोरा अध्यक्ष श्री मनोहर दास मूलले सभालाई जानकारी गराउनु भयो ।

सभाले कम्पनीको हालको अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि गर्ने र हालको चुक्ता पूंजी रु. ८८ करोडको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।