काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकी चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महाशाखाले उक्त चोकमा हुने सवारी चाप हटाउन कलंकीमा सो व्यवस्था लागू गरेको हो ।
‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने महाशाखाले नेपाल समाचारपत्रलाई जानकारी दियो ।
‘पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलंकी क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास गरिएको छ ।











प्रतिक्रिया