धनवीर दाहाल, रुकुम ।
यति बेला बिद्यार्थी भर्ना अभियान चलिरहेको छ । सामुदायिक बिद्यालयमा बिद्यार्थीको आर्कषण बढाउन अभिभावकले पनि उत्तिकै चासो दिइरहेका छन् । तर बिद्यालयको भौतिक अवस्था र आर्थिक अवस्था कमजोर हुँदा कतिपय बिद्यालयमा समस्या छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ७ सदरमुकाम नजिकै भएपनि दुर्गम ठाँउ हो । साविकको साँख गाबिस अन्र्तगत पर्ने मुसिकोट नगरपालिका ७ खाल्कोटमा रहेको सुर्याेदय आधारभुत बिद्यालयमा बिद्यार्थीको आर्कषण बढाउनका लागी शैक्षिक तथा भौतिक सामाग्रीहरु स्थानीयले प्रदान गरेका छन् । स्थानीय समाजसेवी कलबहादुर कुँवरको पहलमा केही दाताहरुले शैक्षिक र भौतिक सामाग्री प्रदान गरेका हुन् ।

मुसिकोट नगरपालिका १ का लालबिर बोहरा, इश्वर रावल र मुसिकोट ५ का विकासजंग मल्लले सदरमुकाम नजिकै मानिएपनि दुर्गम ठाँउमा रहेको सो बिद्यालयलाई शैक्षिक सामाग्री र भौतिक सामाग्री प्रदान गर्नुभएको हो । कार्यालयको लागी कुर्सीहरु र बिद्यार्थीका लागी झोला, कापी र कलम प्रदान गर्नुभएको हो । कक्षा १ देखी ५ सम्म अध्ययन हुने सुर्याेदय आधारभुत बिद्यालयमा ७५ जना बिद्यार्थी छन् । उनीहरु प्रत्येकलाई कापी किताव राख्ने झोला र केही थान कापी कलम प्रदान गरिएको बिद्यालयले जनाएको छ ।
दाताहरुले बिद्यालयमै पुगेर सो सामाग्री प्रदान गर्नुभएको हो । हाल भर्ना अभियान चलिरहेको अवस्थामा बिद्यार्थीहरुलाई सरकारी विद्यालयमा अध्ययन गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ बिद्यालयले बिभिन्न सहयोगी मनहरुको सहयोगमा उक्त सामाग्री जुटाएर हस्तान्तरण गरेको हो ।
विद्यालयमा एक कार्यक्रमका बिच उक्त सामागी वडा अध्यक्ष हिमबहादुर पाण्डे, सहयोगी युवा व्यवसायी लालबिर बोहरा र विकासजंग मल्लले सयुक्त रुपमा प्रदान गर्नुभयो । आफुमा धेरै धन भएका कारण यस बिद्यालयमा सहयोग नभएको भन्दै सानो सहयोग भएपनि साना बालबालिकाहरुमा बिद्यालय जाने प्रोत्साहान र हौसला दिन आफ्नो खर्च कटाएर सहयोग गरेको व्यवसायी लालबिर बोहराले बताउनुभयो ।

बिद्यालयमा आगामी दिनमा खेलमैदान निर्माणको लागी पनि आफ्नो सहयोग रहने बोहराको भनाई छ । वडा अध्यक्ष हिमबहादुर पाण्डेले व्यवसायीहरुको ब्यक्तिगत सहयोगले बिद्यालय र बिद्यार्थीहरुको लागि ठुलो सहयोग प्राप्त भएको भन्दै बिद्यालयको लागि सरकारलाई समेत सहयोग गर्न नैतिक दबाब भएको समेत बताउनुभयो । बिद्यालयमा भएको आर्थिक समस्या दर्साएर व्यवसायीहरुलाई सहयोग गर्न स्थानीय समाजसेबी कलबहादुर कुँवरले ठुलो पहल गरेको उहाँको भनाई थियो ।
विद्यार्थीलाई सामुदायिक बिद्यालयमा आर्कषण बढाउन अभिभावक पनि जिम्मेवार हुनुपर्ने स्थानीय समाजसेवी कलबहादुर कुँवरको भनाई छ । सामुदायिक बिद्यालयमा बिद्यार्थीको आर्कषण बढाउनका लागी बिद्यालयको भौतिक तथा अध्यापनमा गुणस्तर बढाउनुपर्नेमा स्थाीयले जोड दिएका छन् ।











प्रतिक्रिया