नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सडक यात्रुका सहजताका लागि महालक्ष्मी विकास बैंक लिमिटेड खाडीचौर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत अरनिको लोकमर्गका बिभिन्न स्थानमा सूचनापाटी जडान गरिदिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकसँगको समन्वयमा ट्राफिक नियमको बारेमा सचेतना जगाउने उदेश्यले अरनिको राजमार्गको बन्देउ बाह्रबिसे सडक खण्डमा शनिवार सचेतना पाटी जडान गरीएको हो ।
शनिवार जिल्ला टाफिक प्रहरी कार्यालयमा एक कार्यक्रम नै गरि महालक्ष्मी बिकास बैकले सचेतना पाटी र शन्देशमुलक पर्चा प्रदान गरयो । बलेफी गाँउपालिका. ७ का अध्यक्ष कार्केल लामाले महालक्ष्मी विकास बैंकले तयार गरेको सचेतनापाटी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपाललाई हस्तान्तरण गर्नुभयो ।
राजमार्गमा सवारी दुर्घटनालाई कम गर्ने उदेश्यले बन्देउदेखी बाह्रबिसेसम्म अरनिको राजमागका बिभिन्न ११ स्थानमा सचेतना पाटी राखिएको र ट्राफिक नियमको बारेमा सचेतना जगाउने ट्राफिकका बिभिन्न नारा उल्लेख गरिएका पर्चा पम्प्लेट बितरण गरिएको बैंकका शाखा प्रवन्धक लक्ष्मीगोपाल खड्गीले बताउनुभयो ।
सचेतना पाटी राखिएपश्चात यस क्षेत्रका स्थानिय बासिन्दाहरु र राजमार्ग भएर आबत जावत गर्ने हजारौं यात्रूहरु ट्राफिक नियमको बारेमा सचेत भई सडक दुर्घटनामा कमी आउने प्रहरी नायव निरीक्षक नेपालले बताउनुभयो ।











प्रतिक्रिया