नेपाल समाचारपत्र, काठमाडौं
नेपालमा विद्युत् उत्पादन गर्नका निम्ति बंगलादेशले लगानी गर्ने इच्छा देखाएको छ । नेपाल र बंगलादेशबीच व्यापार विस्तार गर्ने उद्देश्यले बंगलादेशका विद्युत् व्यवसायीको निमन्त्रणामा, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) प्रतिनिधिमण्डलले हालै गरेको बंगलादेश भ्रमणका क्रममा सो इच्छा व्यक्त गरेका हुन् ।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले बंगलादेशका ऊर्जा राज्यमन्त्री, पावर डेभलेपमेन्ट बोर्डका अध्यक्ष, ऊर्जा नियमन आयोगका अध्यक्ष, पूर्वाधार विकास कम्पनी, निजी ऊर्जा उत्पादक कम्पनी तथा पूर्वाधार क्षेत्रमा परामर्श दिइरहेका विभिन्न कम्पनीस“ंग भेटवार्ता गरेको थियो ।
उक्त छलफलबाट नेपाल र बंगलादेशबीच सन् २०१८ अगष्टमा सम्पन्न इनर्जी कर्पोरेशन सम्बन्धी समझदारीले दुवै राष्ट्र संयुक्त रुपमा विद्युत विकास तथा विद्युत् व्यापार गर्न प्रतिबद्ध रहेको र बंगलादेशको सरकारी पक्ष तथा निजी क्षेत्र दुवै यो अवसरको सदुपयोग गर्न गम्भीर देखिएको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार भारतले छिमेकी राष्ट्रहरुबीच विद्युत आदान–प्रदानको लागि अंगिकार गरेको उदार नीतिले गर्दा नेपाल र बंगलादेशबीच विद्युत् व्यापार विस्तार गर्ने वातावरण बनेको भन्दै यो अवसरको फाइदा सकेसम्म छिटो लिनुपर्छ भन्ने बंगलादेशको सरकारी तथा निजी क्षेत्रको धारणा रहेकोछ ।
बंगलादेशमा नेपालमा उत्पादन हुनसक्ने विद्युत् सहजै खपत हुन सक्छ । बंगलादेशले आगामी १० वर्षमा नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य लिएको छ । नेपालले हालै आयोजना गरेको लगानी सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न उत्सुकता देखाएका लगानीकर्तालाई यसबाट थप प्रोत्साहन मिल्ने इप्पानको निष्कर्श छ ।
नेपाल विद्युत प्राधिकरणसं“ग विद्युत् खरिद बिक्री सम्झौताको लागि पर्खिरहेको अवस्था र प्राधिकरणले विभिन्न कारण देखाई वर्षौंसम्म विद्युत खरिद दरमा परिवर्तन गर्न नसकेको अवस्थाले गर्दा थुपै्र आयोजना बन्ने÷नबन्ने अन्योलमा रहेका छन् भने धेरै आयोजनाहरु बनेर पनि प्रतिफल उठाउन नसक्ने अवस्थामा पुगेकाले बंगलादेशको बजार खुल्दा यस्ता समस्या समाधानको बाटो मिल्ने इप्पानले जनाएको छ ।
नेपालमा उत्पादित विद्युत बंगलादेश पु¥याउन भारतीय भूमि प्रयोग गर्न भारतको हालको नीति अनुसार नेपालमा उत्पादित विद्युत बंगलादेश पु¥याउन भारतमा भइरहेका प्रसारणलाइन प्रयोग गर्ने वा डेडिकेडेट प्रसारणलाइन बनाउन सकिने प्रावधान रहेकाले यस सम्बन्धमा सरकारी स्तरमा समझदारी भएमा सम्बन्धित निजी क्षेत्रले नै उक्त प्रसारणलाइन समेत निर्माण गर्न सक्नेछ ।
नेपालमा उत्पादित विद्युत बंगलादेशमा निर्यात गर्ने बिस्तृत खाका तयार भएमा प्रसारणलाइनको चुनौती समेत समाधन गर्न सकिने देखिन्छ । अब अगाडि बढ्नको लागि नेपाल र बंगालदेशबीचको ज्वाइट वर्किङ ग्रुप÷ज्वाइन्ट स्टेरिङ कमिटीको आगामी बैठकमा नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत बंगालादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाउन इप्पानले नेपाल सरकारस“ग आग्रह गरेको छ ।
त्यसैगरी नेपालले निर्यात सम्बन्धी आफ्नो स्पष्ट अवधारणा ल्याउन र भारतमा प्रसारणलाइन प्रयोग गर्नको लागि सम्बन्धित पक्षस“ग वार्ता अगाडि बढाउन इप्पानले सरकारस“ग आग्रह गरेको छ ।











प्रतिक्रिया