एनआईसी एसिया बैंक र ह्याम्स हस्पिटलबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र ह्याम्स हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा उपचार गराउ“दा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीू र हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गर्नुभयो ।

बैंकले देशभर २८२ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवम् २४ वटा शाखा रहित बैंकिङ इकाईमार्फत करिब १६ लाख ग्राहक बैंकिङ सेवा पु¥याउ“दै आएको बैंकले जनाएको छ ।