एसियाली बैंकलाई थप लागनाी गर्न आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र सही दिशामा रहेको बताउनुभएको छ ।

नेपालको वर्तमान समग्र आर्थिक स्थायित्वको अवस्था चित्रण गर्दै मुलुकले यस वर्ष पनि उच्च आर्थिक वृद्धि हासिल गर्न लागेको र उच्च आर्थिक वृद्धिको पथमा जानका लागि पु“जीगत सामग्रीको आयात अत्यावश्यक भएको उल्लेख गर्नु भएको छ । एसियाली विकास बैंकको ५२ बोर्डस अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुने शिलशिलामा अर्थ मन्त्री डा. खतिवडा र बैंकका अध्यक्षता केहीको नकाओको बीचमा फिजीको नादीमा द्विपक्षीय बैठकमा सो कुरा बताउनु भएको हो ।

बैंकका अध्यक्षले मन्त्री खतिवडालाई राष्ट्र बैंकको गभर्नर ह“ुदा भेट गरेको प्रशंग उल्लेख गर्दै गभर्नरका हैसियतमा उहा“ले त्यस बेलामा व्यक्त गरेका विचार अहिले पनि स्मरण रहेको उल्लेख गर्दै अर्थमन्त्रीको प्रशंसा गर्नुभयो ।
नेपालले राजनीतिक तहमा गर्नुपर्ने कार्य पूरा गरी सकेको र आर्थिक तथा सामाजिक विकासका परिसूचकहरुमा पनि राम्रो प्रगति गर्दै अगाडि बढिरहेका उल्लेख गर्नुभयो ।

अध्यक्ष नकाओले भूकम्पपछिको पुनर्निर्माणको लागि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा आफू सहभागी भएर नेपालको वस्तुस्थितिको जानकारी गराउनु भएको थियो ।

अर्थमन्त्री डा. खतिवडाले अन्य सहयोगको अतिरिक्त भूकम्पपछिको पुनर्निर्माणको लागि बैंकले गरेको सहयोग खास गरी भूकम्पले क्षति भएका सार्वजनिक भवन, विद्यालय भवन तथा व्यक्तिगत आवासको पुनर्निर्माणका लागि बैंकको सहयोगका लागि धन्यवाद दिनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले उक्त बैठकमा वर्तमान सरकारले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिं“दै व्यक्तिगत आवासको पुनर्निर्माणको कार्य आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताउनु भएको छ । यसको लागि पनि थप स्रोत जुटाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्नका लागि मुलुकले गर्नुपर्ने थप लगानीको लागि सार्वजनिक तथा निजी दुवै क्षेत्रको लगानी जोड्दा पनि कुल गार्हस्थ उत्पादनको करिब १३ प्रतिशत जति लगानी अपुग हुने मन्त्री खतिवडाको भनाइ थियो ।

मन्त्री खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षणलगायतका नागरिकका आधारभूत मौलिक हकको परिपूर्ति गर्न सरकारले लगानीको प्रतिबद्धता जनाएकाले यसको लागि पनि लगानी बढाउनुपर्ने उल्लेख गर्दै बैंकलाई थप सहयोगको लागि आग्रह गर्नुभयो ।

नेपाल दुई वर्षभित्र अतिकम विकसित राष्ट्रको अवस्थावाट स्तरोन्नाती हुने सम्भावना भएको छ, मन्त्री खतिवडाले केहीवर्ष त्यसको दिगोपना हेर्नु पर्ने र त्यतिञ्जेल सम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियत पूर्ण कर्जाको सुविधा प्रदान गरिरहनु पर्ने आवश्यकता औल्याउनु भयो ।

अध्यक्ष नकाओले नेपालको समावेशी तथा दिगो विकासमा सहयोग गर्न बैंक तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले केही ठूला आयोजन जस्तै पूर्व–पश्चिम राजमार्गको विस्तारसमेतका केही ठूला आयोजनालाई तत्काल अगाडि बढाउन चाहेकाले यसको लागि बैंकले केही ठूला आयोजनाको लागि लगानी केही अगाडि ल्याउनुपर्ने मन्त्री खतिवडाको आग्रह थियो ।