काठमाडौं, (नेस)
किशोर किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरोको पा“चौ संस्करणका लागि आवेदन आह्वान गरेको छ ।
नवलपरासीकी १७ वर्षीया बाल अधिकार अभियन्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने र दाङका १८ वर्षीय सामाजिक कार्यकर्ता सचिन डा“गी सोही कार्यक्रममा प्रथम भई २०१५, २०१६ र २०१८ मा पुरस्कृत भएका थिए । त्यसै गरी रूकुमकी १७ वर्षीया सामाजिक कार्यकर्ता प्रसंशा केसी २०१८ को वाई वाई ग्लोकल टीन हिरो विजेता हुन् ।
काठमाडौं उपत्यकालगायत भद्रपुर, का“करभिट्टा, दमक, सुरुंगा, बिर्तामोड, फिक्कल, इलाम, धनकुटा, धरान, इटहरी, विराटनगर, जनकपुर, लाहान, मिर्चैया, गाईघाट, चितवन, हेटौडा, वीरगन्ज, भैरहवा, बुटवल, परासी, सुनवल, तानसेन, तौलिहवा, धनगडी, महेन्द्रनगर, वीरेन्द्रनगर, तुलसीपुर, घोराही, नेपालगन्ज, गोर्खा, दमौली, कुस्मा, बाग्लुङ, स्याङ्जा, पोखरा, धुलिखेल, सिन्धुपाल्चोक, धादिङ गरी विभिन्न ३८ शहरहरुमा ग्लोकल समूहलगायत ग्लोकल टिन हिरोका सदस्यहरु जाने छन् । ८ देखि १२ कक्षाका ८० हजार विद्यार्थीसं“ग छलफल हुने आयोजकको भनाइ छ ।
ग्लोकल प्रालिकी पिआर म्यानेजर र वाई वाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झा ठाकुरले विभिन्न प्रसिद्ध र प्रतिष्ठित संस्थास“ग सम्बन्धित भई विभिन्न कार्यक्रमको शुरुवात गर्दै किशोर किशोरीहरु आफ्नो प्रतिभा कलाको प्रदर्शन गर्ने मौका पाउने बताएकी छिन् ।
पहिलो चरणमा कुल आवेदनलाई अन्तरवार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको शुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, विषय ज्ञान र दूरदर्शनको मापनको लागि अन्तवार्ता पछि २०१९ को विजेता घोषणा गरिने छ ।











प्रतिक्रिया