गणेश घिमिरे, इलाम
जिल्लाको पूर्वी नाका पशुपतिनगर भन्सार कार्यालयमा चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नहुने देखिएको छ । यस क्षेत्रबाट आयात निर्यात हुने सामग्री घटेस“गै राजस्व असुली लक्ष्यअनुसार संकलन नहुने देखिएको हो ।
चालू आवमा कार्यालयले एक करोड ७४ लाख ८८ हजार रुपिया“ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, आर्थिक वर्ष सकिन अब करिब अढाई महिना बा“की हु“दा जम्मा एक करोड ९ लाख ४० हजार ६ सय २१ रुपियाँ“ मात्र संकलन भएको छ । गत आवमा जम्मा ८४ लाख ५६ हजार ९ सय ५१ रुपिया“ मात्र संकलन भएको थियो । गत आवको हालसम्म ६२ लाख १२ हजार ७ सय ४६ रुपिया“ संकलन भएको थियो । त्यतिखेर साढे तीन महिना लामो दार्जिलिङ आन्दोलनका कारण पनि राजस्व असुलीमा कमी आएको बताइएको छ । गत आवमा पनि भन्सारले एक करोड ७४ लाख ८८ हजार रुपिया“ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
मेची पहाडमा उत्पादित सामग्री निर्यात गर्ने क्रम झापा का“कडभिट्टा नाकाबाट बढेको र दार्जिलिङ तर्फबाट पनि कम सामग्री मात्र नेपाल भित्रिने गरेकाले पशुपतिनगर भन्सारमा राजस्व संकलन लक्ष्यअनुसार संकलन हुन नसकेको कार्यालयका नायब सुब्बा अच्युतनन्द ढकालले बताउनुभयो ।
यो नाका मुख्य गरी भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा राजस्व संकलन भएर टिकेको छ । पशुपतिनगर भन्सार कार्यालयको मातहतमा मानेभञ्ज्याङ, छब्बिसे र छिरुवा छोटी भन्सार कार्यालय छन् । निर्यातजन्य सामग्रीका लागि पशुपतिनगर नाकालाई नेपालतर्फबाट स्थापित गर्न खोजिए पनि व्यापारीहरूको सीधा सम्पर्क बिर्तामोड र का“कडभिट्टामा बढ्दै जा“दा पशुपतिनगर नाकाले मार खेप्नुपरेको हो ।
राजस्व संकलनको लक्ष्य कहिल्यै पुगेन
यो भन्सारले वार्षिक १० करोड रुपिया“सम्म भन्सार असुलेको इतिहास छ । पशुपतिनगरसहित यी नाकालाई प्रभावकारी बनाउन सरोकारवालाले माग गरेका छन् । इलामसहित पूर्वी पहाडमा उत्पादित सामग्रीलाई भारत निकासी गर्न र आवश्यक सामग्री आयातका लागि यहा“को भन्सारलाई ब्यु“ताउन पटक–पटक माग हु“दै आए पनि सुनुवाइ हुन सकेको छैन । यो भन्सार सक्रिय भए यहा“का बासिन्दालाई लामो सडक दूरीको हैरानी घट्नुका साथै पशुपतिनगर फिक्कललगायतका बजारलाई प्रत्यक्ष फाइदा पुग्ने स्थानीय मिलन क्षेत्री बताउनुहुन्छ ।
यस नाकाबाट सामान्य सामग्री मात्र आयात निर्यात हुने भएकाले भन्सार कार्यालय कामचलाउ भूमिकामा मात्र सीमित छ । भारतले नाकामा चेकपोस्ट मात्र राखिदिएकाले ठूलो मात्रामा सामग्री भारत निर्यात र आयात हुन सक्दैन । यहा“को विकल्पमा भारतले पानी ट्यांकी नाकालाई प्रयोगमा ल्याउन थालेपछि पशुपतिनगरको चाम घटेको हो ।
नेपालतर्फ भन्सारसहित पशु क्वारेन्टाइन सञ्चालित छ । सीमा नाकामा भारतीय सीमा सुरक्षा बल आउनुअघि आपसी सहमतिका आधारमा का“कडभिट्टावाट कागजात बनाएर ठूलो परिणाममा सामग्री ल्याउने लैजाने गरिएको स्थानीय बताउ“छन । अहिले यो नाकाबाट सामान्य दाल, चामल, कत्ताकपडा आयात हुन्छ भने सागसब्जी, घिउ, छुर्पीलगायतका सामग्री मात्र निर्यात हुने गरेको छ ।











प्रतिक्रिया