नेप्सेमा २० अंकको गिरावट

0
Shares

काठमाडौं, (नेस)
नया“ वर्षको शुरूआतस“गै निरन्तर बढेको शेयर बजारमा यस साता ब्रेक लागेको छ । लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बढिरहेको शेयर बजारमा ब्रेक लागेकोे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दशमलव १२ विन्दुले घटेको छ । कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । यस साता कुल चार दिन खुलेको शेयर बजार परिसूचकस“गै कारोबार रकममा पनि गिरावट आएको हो ।

त्यस्तै यस साता नेप्सेमा विभिन्न चार कम्पनीको शेयरसमेत सूचीकृत भएका छन् । नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका १२ लाख ५७ हजार ७७७ कित्ता, तिनाउ विकास बैंकका ६ लाख आठ हजार ३२१ कित्ता बोनस शेयर र पा“चथर पावर कम्पनीका ९६ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएका छन् ।