शाइन रेसुंगा बैंकको खोलौं बैंक खाता अभियान



काठमाडौं, (नेस)
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले खोलौं बैंक खाता अभियान २०७६ अभियानलाई सफल बनाई प्रत्येक नेपालीको बैंक खाता खोल्नका लागि मेरो बचत खाता सार्वजनिक गरेको छ ।

वैशाख १ गतेदेखि लागू गरिएको मेरो बचत खाताअन्तर्गत हरेक खातामा बैंकले १ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै अत्यन्त सरल प्रक्रियाबाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकका अधिकांश शाखा कार्यालय ग्रामीण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ सेवा सुविधा पु¥याउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्षरुपमा आर्थिक क्रियाकलापमा सहभागी बनाउने योजनाअनुरुप कार्य गरिरहेको जानकारी बैंकले गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्