चिया मजदुरको आन्दोलन २७ दिन पुग्यो



गणेश घिमिरे, इलाम
इलामका चिया बगानमा काम गर्ने मजदूरमध्ये केही मजदुर आन्दोलनमा छन् भने केही मजदुर सडकमा उत्रिएका छन् । निजी चिया बगानमा कार्यरत मजदूर बगानमा धमाधम हरियो पत्ति टिप्नमा व्यस्त छन् । तर, सरकारको स्वामित्वमा रहेका चिया बगानमा कार्यरत मजदूर भने सरकारले तोके बमोजिमको ज्याला पाउनुपर्ने माग गर्दै २६ दिनदेखि सडकमा छन् ।

त्रिवेणी ग्रुपले सरकारसं“ग भाडामा लिएर सञ्चालन गर्दै आएको इलाम र झापाका सातवटा चिया बगानमा कार्यरत श्रमिकहरु आन्दोलित रहेका हुन् । निजी चिया बगानमा कार्यरत मजदूरलाई चिया कारखानाले सरकारले तोकेको सेवा सुविधा दिने भएपछि उनीहरु केही दिनयता आन्दोलन छाडेर बगानमा फर्किसकेका छन् । सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनमा आवद्ध ५२ वटा उद्योगले आगामी असारसम्म सरकारले तोकेको सेवा सुविधा दिने जनाएको छ । एसोसिएसनले सरकारस“ग २५ बु“दे माग राखेर सरकारले तोकेबमोजिमको सेवा सुविधा दिने प्रतिबद्धता जनाएपछि मजदूर काममा फर्किएका हुन् ।

सरकारलाई एसोसिएसनले माग पूरा गराउन असारसम्मको अल्टिमेटम दिएको छ । उक्त समयमा माग पूरा नगरे मजदुरलाई दिएको सेवा सुविधा कार्यान्वयन नगर्ने एसोसिएसनका अध्यक्ष पुनम राईले बताउनुभयो । सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपिया“ तोकेको छ । तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपिया“ मात्र पाइरहेका छन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपिया“ तोकिएको छ । तर, त्यो पनि कार्यान्वयन भएको छैन ।

यता सरकारी स्वामित्वमा रहेको बगानमा कार्यरत मजदुरलाई भने सरकारले तोके बमोजिमको ज्याला दिन नसक्ने त्रिवेणी समूहअन्तर्गत रहेको कारखानाहरुले जनाउ“दै आएको छ । श्रमिकको आन्दोलनले वर्षभरकै उत्कृष्ट गुणस्तरको चिया उत्पादन पहिलो टिपाई (फस्ट फ्लस) नष्ट भएको छ । मजदुरको आन्दोलनका कारण झापा र इलामका सातवटा बगान र कारखाना बन्द छन् । जसकारण उद्योगलाई दैनिक लाखौं रुपिया“ घाटा भइरहेको छ ।

आधा मजदूर बगानमा, आधा सडकमा

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले माग पूरा नभइञ्जेलसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । चैत्र १७ बाट आन्दोलनमा उत्रिएका मजदूरले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, पनि मजदूरको आन्दोलनप्रति उद्योगीहरु बेखबर छन् । मजदूरको आन्दोलन चर्किदै गए पनि समस्या समाधानका लागि कहि“कतैबाट पहल भएको छैन । ज्याला कार्यान्वयनको दबाब दि“दै नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदूर संघले इलाम र झापामा आन्दोलन गरीरहेका छन् । आन्दोलनकै क्रममा मंगलबार इलाम चिया बगान अन्तर्गत चिया कारखानामा मजदूरहरुले धर्ना दिए भने बिरोध ¥्याली समेत निकाले ।

प्रतिक्रिया दिनुहोस्