लगानीमैत्री बजेट आउने निजी क्षेत्रको अपेक्षा



नेपाल समाचारपत्र, काठमाडौं
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले हाल देशको लक्ष्यनै दिगो आर्थिक विकास तथा समृद्धि रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको नवगठित कार्य समितिका पदाधिकारीलाई स्वागत गर्दै उहा“ले नवगठित कार्य समितिले समेत यसलाई आत्मसात गरी आफ्ना कार्यक्रमलाई अगाडि बढाउने अपेक्षा व्यक्त गर्नु भयो ।

देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिबद्धता आइरहेको परिप्रेक्ष्यमा परिसंघले आगामी कार्यक्रममार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढंगमा पु¥याउन सहयोग गर्नुपर्नेमा मन्त्री यादवको जोड थियो ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकाले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने बताउनुभयो । सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नया“ औद्योगिक क्षेत्रको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यसतर्फ समेत निजी क्षेत्रको ध्यान आकृष्ट गर्नु भएको थियो ।

देशका दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरुको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरु निजी क्षेत्र आफैंले निर्माण गर्न चाहे सरकारले वित्तीय प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको जानकारी उहा“ले दिनु भएको थियो ।

कार्यक्रममा परिसंघका नवनियुक्त अध्यक्ष सतिश कुमार मोरले विगत देखिनै परिसंघले सरकारस“ग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझाव दि“दै आएको र आगामी दिनमा समेत यस्तो कार्य निरन्तर रहने बताउनुभयो ।
सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमानै उद्योगस“ग सम्बन्धित धेरै कानुन परिमार्जन गरेकाले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको उहा“को भनाइ थियो ।

कानुनको पूर्ण र प्रभावकारी कार्यान्वयनको लागि नियमावली निर्माणमा समेत निजी क्षेत्र सहकार्य गर्दै आवश्यक सुझाव दिन तयार रहेको उहा“ले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट तर्जुमा भइरहेकाले उद्योगीहरुको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत उद्योगीहरुको तर्फबाट नया“ बजेटस“गै नयाँ जोस तथा स्फूर्ति ल्याउने खालको लगानीमैत्री बजेट आउने अपेक्षा रहेको बताउनुभयो

 

प्रतिक्रिया दिनुहोस्