एचएच बजाजको नयाँ शोरुम बारामा



 

काठमाडौं, (नेस)
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएकोे अटो मोबाइल ब्रान्ड एचएच बजाज, नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हो ।

एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउ“दै पूर्ण सुविधासहितको नया“ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा सञ्चालनमा ल्याएको छ ।
एचएच बजाज ग्राहकले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नया“ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पु¥याउने प्रयास गरिरहेको छ ।

नया“ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भन्नुभयो–‘हामी बाराको कलैयामा नया“ शोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकको बढ्दो मागका कारण हामीले बारामा नया“ शोरुम सञ्चालन गर्न उत्साहित बनाएको हो । यो विस्तारस“गै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’
एचएच बजाज देशभरी रहेका ग्राहकका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्