अन्तर्राष्ट्रिय प्रांगारिक सम्मेलन हुने



काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय प्रांगारिक विज्ञ सम्मेलन काठमाडौंमा हुने भएको छ । रासायनिक मल र विषादीको प्रतिस्थापन र प्रांगारिक खेतीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विज्ञ सम्मेलन आयोजना गर्न लागिएको हो।

प्रांगरिक कृषि प्रवद्र्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले सम्मेलन गर्न निर्णय गरेको हो । सम्मेलन आगामी वैशाख ३१ र जेष्ठ १ गते काठमाडौंमा हुन लागेको मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा भारत, भुटान, क्युबा, र स्पेनका प्राङगारिक विज्ञ आउने भएका छन्। सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब १ सय ५० जना विज्ञको सहभागिता रहने कार्यदलका सदस्य सचिव डा. गंगा आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्