महिन्द्रा ट्याक्टरको लागि वीरगन्जमा शोरुम तथा सर्भिस सेन्टर



काठमाडौं, (नेस)
अग्नि गु्रपले हालै गन्डक, वीरगन्जमा महिन्द्रा ट्याक्टरहरुको शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ ।

शोरुमको समुद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा वीरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले संयुक्तरुपमा गर्नुभएको थियो । शोरुम उद्घाटन कार्यक्रममा सरकारी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य रुपमा उपस्थितिसमेत रहेको थियो । कम्पनीका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा समृद्धि’को घोषणा पनि गर्नुभएको थियो । यो कार्यक्रम महिन्द्राले चा“डै नै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने उहा“को भनाइ छ ।

अग्नि ग्रुपका शाखा प्रमुख प्रमोदकुमार क्षत्रीका अनुसार शोरुमबाट ग्राहकले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्रीपछिको सेवा पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्