सुजुकी मेगा एक्सचेज मेला



काठमाडौं, (नेस)
सुजुकी इण्डियाद्वारा उत्पादित जापानिज ब्रान्डको मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले वैशाख ९ गतेदेखि १५ गतेसम्म देशभर सुजुकी मेगा एक्सचेज मेला शुरू गरेको छ ।
कम्पनीको आधिकारिक शोरुममा हुने यस मेला योजनाअन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेज गरी सुजुकीको नया“ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत गुड्दै नगुड्ने मोटरसाइकल वा स्कुटरलाई पनि न्यूनतम् ३० हजार तथा चालू अवस्थामा रहेका मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यभन्दा थप १५ हजार प्रदान गरिनुका साथै नया“ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
सुजुकी मोटरसाइकल तथा स्कुटरले राम्रो माइलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नया“ मोटरसाइकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्