फेरि धावनमार्गमा विमान चिप्लियो



नेपाल समाचारपत्र, काठमाडौं
तारा एयरको विमान सोमबार विहान रामेछापको मन्थली विमानस्थलको धावनमार्ग चिप्लिएको छ । काठमाडौंबाट लुक्लाका लागि विहान ८ बजेर ४९ मिनेटमा उडान भरेको ९ एन–एकेके कलसाइनको सो विमान खराब मौसमका कारण डाइर्भट भई मन्थली विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको हो ।
मन्थली विमानस्थलले अवतरणको लागि अनुमति दिएस“गै विमान ९ बजेर ३८ मिनेटमा नर्मल ल्यान्ड गर्ने क्रममा विमान चिप्लिएर धावनमार्गभन्दा २ मिटर अगाडिको घा“सेमैदानबाट ६ मिटर दाया“ मोडिएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर प्रल्हाद निरौलाले जानकारी दिनुभयो ।

क्याप्टेन पीजे शाहले उडान भरेको उक्त विमानमा १४ जना विदेशी र चालक दलका ३ जना सवार थिए । घटनापश्चात विमानमा सामान्य क्षति भए पनि विमानमा सवार सबै सकुशल रहेका छन् । विमानको पखेटाले विमानस्थलको तारबारमा छु“दा क्षति भएको छ भने विमानको टायर पन्चर हुनुका साथै हाइड्रोलिक ब्रेकको पाइप फुटेको बताइएको छ । यद्यपि, विमानमा के कति क्षति पुगेको छ भन्ने खुलाइएको छैन ।

विहानै धावनमार्गमा विमान चिप्लिएपछि दिउ“सो ३ बजेसम्म मन्थली विमानस्थलमा उडान अवतरण बन्द भएको थियो । जसबाट २५ भन्दा बढी उडान रद्द भएका थिए । काठमाडौंस्थित विमानस्थलमा हवाई चाप बढेपछि नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलबाट लुक्लाका लागि उडान तथा अवतरण गराउ“दै आएको छ ।

सोमबार मन्थली विमानस्थल डेढ सयको हाराहारीमा यात्रु रोकिएका छन् । चिप्लिएको विमानलाई पार्किङ क्षेत्रमा ल्याएर राखिएको छ । उक्त विमानमा थप केही समस्या भए नभएको बारे अनुसन्धान भइररहेको बताइएको छ । धावनमार्गमा विमान चिप्लिएपछि अध्ययन गर्न मन्थली पुगेको प्राधिकरणको टोली हिजै सा“झ काठमाडौं फर्किएको छ । प्राधिकरणको हवाई सुरक्षा विभागको दुई सदस्यीय टोली घटनाको स्थलगत अध्ययन गरी विमानस्थल सुचारु गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्