माथिल्लो तामाकोसीमा जेठबाट पानी जम्मा गरिने



नेपाल समाचारपत्र, काठमाडौं
निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा वैशाख २२ गतेभित्र तथा माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइप जडान शुरू हुने भएको छ ।

आयोजनाका अनुसार तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवम् चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्ने छ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइप जडान भइसकेका छन् । अब ती बेन्ड पाइपहरुभन्दा माथि पाइप जडान शुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कायृकारी निर्देशक एवम् अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्य निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

‘माथिल्लो तामाकोसीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तीव्रता दिनुहोस्’ घिसिङले निर्देशन दि“दै भन्नुभयो–‘विद्युत गृहको काम सकिएर त्यहा“ रहेका टर्वाइनहरु पानी पर्खिएर बसेका छन्, मुलुकको अर्थतन्त्रलाई ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने राष्ट्रिय गौरबको आयोजनाको आपूmले लिएको जिम्मेबारी छिट्टो पूरा गरी दिनुहोस् ।’

त्यस्तै बा“ध, इन्टेक र बालुवा थिग्रयाउने पोखरीमा आगामी जेठ महिनाको पहिलो साताभित्रमा पानी जम्मा गरी परीक्षण गर्नेबारे छलफल भएको थियो ।
‘हेडवक्र्सका संरचनामा आगामी जेठको महिलो साताभित्र पानी भरी संरचना र गेटको परीक्षण शुरु गरिसक्नु पर्छ,’ घिसिङले निर्देशन दि“ंदै भन्नुभयो–‘मुख्य सुरुङमा कंक्रिट लाइनिङको काम छिट्टो सक्नुहोस् ।’

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नया“ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नया“ समयतालिका तय गरी काम भइरहेको छ ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपिया“ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपिया“ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपिया“ पुग्ने संशोधित अनुमान छ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बीमा संस्थानले २÷२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपिया“ नेपाल सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१,नेपाल टेलिकमको ६,नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ ।

कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।

प्रतिक्रिया दिनुहोस्