पत्रकार रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट



काठमाडौं । पत्रकार रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको छ । न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक जितेन्द्र महर्जनको रिहाईको माग गर्दै महासंघले रिट दायर गरेको हो ।

महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले नेवाः भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरप्mतारी गैरकानूनी र संविधनविरुद्ध  भएको भन्दै बिनाशर्त रिहाईका लागि रिट दायर गरेका हुन् । गत २६ गते दिउँसो पत्रिकाको कार्यालयमा समाचार सम्पादन गरिरहेका बेला अपहरण शैलीमा महर्जनलाई कार्यालयबाटै गिरप्mतार गरी एकदिन चरम यातना दिएर जिल्ला अदालतमा म्याद थप गरिएको थियो ।

‘पत्रकारलाई गिरप्mतार गर्नु गैरकानुनी मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो, रिट दायर गर्नुपर्ने कारण खोल्दै केन्द्रीय सदस्य जैसीले भने, ‘यसअघि पनि अनाहकमा पत्रकारहरु पक्राउ परे, समग्र पत्रकारको रक्षा गर्ने संस्था महासंघको तर्फबाट मलाई अख्तियारी दिएपछि रिट हालेको हुँ ।’ २०७६ बैशाख २ गते सो रिट उपर सुनुवाई हुँदैछ भने वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, कान्ति ढुङ्गानालगायतले पैरवी गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्