स्वयम्भूका डीएसपीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने तीन जना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेकाे बताइएकाे छ ।

प्रहरीका अनुसार श्याम  बा५ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए ।
यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरुपनि पक्राउ परेका हुन् ।

झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ ।

बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्