‘सरकार पूरै अन्धो’



रामेछाप, (नेस)
नेपाली काग्रेसका केन्द्रिय नेता कृष्णप्रसाद सिटौलाले सरकार अन्धो भएको बताउनुभएको छ । नेता सिटौलाले कम्युनिष्ट सरकारले जनताको चहाना विपरित कामहरु गर्दै जान थालेकाले सरकारको अन्धोपना छर्लङ्ग देखिँदै गएको बताउनुभएको हो ।

नेपाल तरुण दल सुनापती–१ रामेछापद्धारा काठमाण्डौमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको सरकारले देश कम्युनिष्टहरुको मात्रै हो भन्ने मानसिकता बोकेर आफ्न गतिविधि अगाडी बढाइरहेकाले त्यसको प्रत्यक्ष मारमा सर्वसाधरण परेको उहाँले बताउनुभयो ।

फरक प्रसंगमा नेता सिटौलाले नेपाली काग्रेसले अहिले पनि समाजको विकाससित चेतना भन्दा पछि रहेर पुरानै तरिकाबाट आफ्न गतिविधिहरु अगाडी बढाइरहेकाले त्यसको असरले पार्टी अगाडी बढ्न नसकेको आरोप लगाउनुभयो ।

आगमी दिनमा काग्रेसले आफ्नो प्रष्ट विचार लिएर अगाडी नबढे त्यसको परिणाम स्वरुप काग्रेसलाई ठूलो क्षेति पुग्ने चेतावनी दिनुभयो । कार्यक्रममा नेपाली काग्रेस रामेछापका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्