राईलाई दज्र्यानी चिन्ह



काठमाडौ(नेस) । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अब्बल कामका लागि संगठनले सदैब उचित मुल्याङ्कन गर्ने चर्चा गर्दै थपिएको जिम्मेवारी पुरा गर्न आगामी दिनमा पनि अझै राम्रो काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक राई संयुक्त राष्ट्र संघीय मिसन, फर्म पुलिस युनिट सुडानमा कार्यरत रही हालै स्वदेश फर्किनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्