तीन भारतीय चोर पक्राउ



काठमाडौं(नेस) । टेकुबाट चोरी गरिएका बिभिन्न सामान सहित कालीमाटी बस्ने भारत सितामढी घर भएका राजकुमार राम, भारत बैसाली घर भएका बिर्ज साह र काठमाडौं ताहाचल बस्ने भारत मोतिहारी घर भएका दिपकप्रसाद जैसवाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा भारत घर भएका चन्दन कोदारको कोठामा चोरीका सामानहरु राखेको बताएकोले निजको कोठामा खानतलासी गर्दा नगद १ लाख ९८ हजार रुपैयाँ, क्यामेरा १० थान, मोबाइल १० थान, घडी ९ थान, मनिपर्स ९ थान, व्याग १ थान, बुद्धचित्त जस्तो देखिने माला १ थान, मिनी प्रोजेक्टर १ थान, झिलिमिली बत्ती १ थान, जेनेरेटर १ थान फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्