काम खोज्न भारत गएका सयौं बेपत्ता



विमल विष्ट, डोटी
मजदूरीकालागि भारत गएका सुदूरपश्चिम प्रदेशका तिन जिल्लाका सयौँ स्थानिय लामो समय देखी घर परिवारको सम्पर्कमा नरहेर बेपत्ता भएको एक सँस्थाको तत्थ्याङकले देखाएको छ । सुदूरपश्चिम प्रदशेका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूरमध्ये १ सय ६५ जना वेपत्ता भएको तथ्यांङक निड्स नेपाल नामक एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

उक्त सँस्थाले यहाँका कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यतिठुलो सँख्यामा मानिस हराएको तथ्यांङक सार्वजनिक गरेको हो । निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रम अन्तरगत यहाँका अछाम,कञ्चनपुर र डोटी जिल्लाका बिभिन्न ग्रामिण क्षेत्रमा पुगेर बेपत्ता भएकाहरुको तथ्यांङक संकलन गरीएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताउनुभयो ।

हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको समेत प्रमुख मडैले बताउनुभयो । रोजगारीकालागि यहाँका स्थानियहरु वर्षेनी छिमेकी मुलुक भारत जाने तथा त्यहिबाट फर्केर नआउने गरेका कारण बेपत्ताहुने हरु बढ्न थालेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाहरुको बारेमा यकिन विवरण बुझनेकाम भईरहेको बताउनुभयो ।

कामकालागि भारत गएकाहरु बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउदा उनिहरुका घरपरिवार दिनहुँ चिन्तीत बन्न थालेको शिखर नगरपालिका १ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।
उता जिल्ला प्रहरी कार्यालय डोटीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले भारतमा कामका लागि गएर बेपत्ता भएकाहरुका घरपरिवारले खोजी कार्य गर्नका लागि निबेदन दिने गरेको बताउनुभयो । भारतमा बेपत्ता भएको वर्षौ बिपिसक्दा समेत कुनै खबर नआउदा यहाँका कतिपएले बेपत्ता भएकाहरु फर्केर आउने कुरामा आस मारिसकेको जोरायल गाउँपालिका ५ की स्थानिय ठग्गा विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्