सेफ्टीट्याङ्की सफा गर्ने क्रममा डुवेर दुई जनाको मृत्यु



नेपाल समाचारपत्र, कोहलपुर ।

बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा डुवेर दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर विसिले सो घटनामा कोहलपुर नगरपालिका वडा नम्बर ११ मेरीस्टोभ्स नजिकै मंगलबार दिउसो ४ बजे सेफ्टीट्याङ्की सफा गर्ने क्रममा सो घटना भएको जानकारी दिनुभयो ।

उनले सो घटनामा परेर मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१० चट्टारका ५० वर्षिय कुमार थारु र ५० वर्षिय चेतराम थारुको ज्यान गएको बताउँनुभयो । मृतकद्वयको शव सेफ्टी ट्याङ्कीबाट निकालेर पोष्टमार्टमको लागि पठाईएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसंधान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्